मंग्सिर ९, २०८३ बुधबार November 25, 2026

मागअनुसारको ग्यासको आयात बढाउन निगमको निर्देशन

ग्यास मौज्दात राख्न तथा भन्सारमा रहेका ग्यास बुलेटहरू समयमै छुटाई आपूर्ति प्रणालीमा ल्याउन आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, ९ मङ्सिरः नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात र बिक्री वितरणलाई पूर्ण क्षमतामा सञ्चालन गर्न एलपी ग्यास उद्योगलाई निर्देशन दिएको छ ।

निगमको एलपी ग्यास तथा एभिएसन विभागले ग्यास उद्योगलाई पत्राचार गर्दै देशभर ग्यासको आपूर्ति व्यवस्था थप सहज, नियमित र प्रभावकारी बनाउन उद्योगलाई विभिन्न निर्देशन दिएको हो ।

निगमले सबै एलपी ग्यास उद्योगहरूलाई बजारको मागअनुसार ग्यासको आयात अधिकतम रूपमा बढाउन, उद्योगको भण्डारण क्षमता पूर्ण रूपमा उपयोग गरी ग्यास मौज्दात राख्न तथा भन्सारमा रहेका ग्यास बुलेटहरू समयमै छुटाई आपूर्ति प्रणालीमा ल्याउन आग्रह गरेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लैङ्गिक हिंसाविरुद्ध एकजुट भएर आवाज उठाउन मन्त्री बादीको आह्वान
२०८३ मंग्सिर ९, बुधबार
मागअनुसारको ग्यासको आयात बढाउन निगमको निर्देशन
२०८३ मंग्सिर ९, बुधबार
युक्रेनसँगको युद्धमा पाँच लाख रुसी सेना मारिए
२०८३ मंग्सिर ९, बुधबार
सडक अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने कार्य सुरु
२०८३ मंग्सिर ९, बुधबार
अभिभावकविहीन बालबालिकाको हेरचाहमा पारिवारिक प्रणालीलाई प्राथमिकता दिनुपर्ने
२०८३ मंग्सिर ९, बुधबार
चीनद्वारा पाकिस्तानी अन्तरिक्ष यात्रीसहित अन्तरिक्षयान प्रक्षेपण
२०८३ मंग्सिर ९, बुधबार
त्रिवि सम्बन्धनका कलेजले अन्य विश्वविद्यालयका कार्यक्रम चलाउन नपाउने
२०८३ मंग्सिर ९, बुधबार