मंग्सिर ८, २०८३ मंगलबार November 24, 2026

पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघको अध्यक्षमा होमविलास सापकोटा निर्विरोध

वरिष्ठ उपाध्यक्षमा जनकराज सुवेदी, उपाध्यक्षमा तीर्थराज देवकोटा, महासचिवमा दुर्गानाथ लामिछाने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन भएको छ। संघको शनिबार सम्पन्न १३औँ अधिवेशनले होमविलास सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो।

नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा जनकराज सुवेदी, उपाध्यक्षमा तीर्थराज देवकोटा, महासचिवमा दुर्गानाथ लामिछाने, कोषाध्यक्षमा बुद्धिबहादुर थापा र सचिवमा बिदुर बिसी चयन भएका छन्।

त्यस्तै, सदस्यहरूमा अर्जुन त्रिपाठी, धनबहादुर झेन्डी, नवीन रोक्का, दिलीप श्रेष्ठ, अमिस गौतम र भोजबहादुर नेपाली निर्वाचित भएका छन्।

अधिवेशनका अवसरमा पोखरा उद्योग वाणिज्य संघकी अध्यक्ष शोभा गौतमले पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघद्वारा प्रकाशित स्मारिका विमोचन गरिन्। उनले विभिन्न वस्तुगत संघको सक्रियताले नै पोखरा उद्योग वाणिज्य संघलाई जीवन्त बनाएको बताइन्।

पोखरा महानगरपालिका–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले व्यवसायीलाई सामाजिक उत्तरदायित्व बहन गर्दै वैधानिक रूपमा व्यवसाय सञ्चालन गर्न आग्रह गरे। उनले कानुनसम्मत रूपमा व्यवसाय गर्दा व्यवसायीले अनावश्यक अप्ठ्यारो भोग्न नपर्ने वातावरण बनाउन आफू प्रतिबद्ध रहेको बताए।

संघका निवर्तमान अध्यक्ष चिन्तामणि खरेलले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे। पूर्वअध्यक्ष नारायण सुवेदीको संयोजकत्वमा गठित निर्वाचन समितिले सर्वसम्मत नेतृत्व चयनका लागि सहजीकरण गरेको थियो।

नवनिर्वाचित अध्यक्ष सापकोटाले इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायीका समस्या र सरोकारलाई सम्बोधन गर्न सामूहिक प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल एसिया कप समूह चरणको अन्तिम खेलमा पाकिस्तान ‘ए’सँग पराजित
२०८३ मंग्सिर ८, मंगलबार
क्रिकेटर ढकाल हेटौँडामा सम्मानित
२०८३ मंग्सिर ८, मंगलबार
एआई जोखिम नियन्त्रण गर्न अन्तर्राष्ट्रिय ढाँचा बनाउन गुटेरेसको आह्वान
२०८३ मंग्सिर ८, मंगलबार
काभ्रेमा डेङ्गी सङ्क्रमितको सङ्ख्या ५४ पुग्यो
२०८३ मंग्सिर ८, मंगलबार
नागरिकका सरोकारमा कांग्रेसले सरकारलाई निरन्तर खबरदारी गर्छ : सभापति थापा
२०८३ मंग्सिर ८, मंगलबार
‘विपद् व्यवस्थापनमा स्थानीय तहको भूमिका महत्वपूर्ण’ – मुख्यमन्त्री भट्ट
२०८३ मंग्सिर ८, मंगलबार
एसईई आवेदन फाराम भर्ने म्याद १५ दिन थपियो, मंसिर २५ गतेसम्म समय
२०८३ मंग्सिर ८, मंगलबार