काठमाण्डौंः बाँकेको खजुरा गाउँपालिका–८ रानियापुरबाट १० किलो ४०० ग्राम अवैध लागुऔषध अफिमजस्तो देखिने पदार्थसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जाजरकोट जुनिचाँदे गाउँपालिका–२ बस्ने ३४ वर्षीय तिलकबहादुर शाहीलाई बिहीबार प्रहरीले पक्राउ गरेको जनाएको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो काठमाडौं र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई उक्त परिमाणको पदार्थसहित पक्राउ गरेको हो । उक्त घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया