असार २६, २०८२ बिहिबार July 10, 2025

३७ ओटा स्थानीय तहले अझै मन्त्रालयमा पेश गरेनन् बजेट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अझै ३७ ओटा स्थानीय तहले आर्थिक वर्ष २०७७/ ७८ को बजेट पेश गरेका छैनन् । मन्त्रालयले पटक–पटक ताकेता गर्दा पनि अझै ३७ ओटा स्थानीय तहले बजेट पेश नगरेको मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले जानकारी दिए ।

गत असारमा बजेट पास गरेका स्थानीय तहले अनिवार्यरूपमा बजेट मन्त्रालयमा पेश गर्नुपर्ने हुन्छ । विवरण पेश नगर्ने सबैभन्दा धेरै स्थानीय तह प्रदेश नं २ का रहेका छन् । प्रदेश नं २ मा १३६ ओटा स्थानीय तहमध्ये १०४ओटाले मात्र विवरण पेश गरेका छन् भने ३२ ओटा स्थानीय तहले अझै गरेका छैनन् ।

यस्तै बजेट पेश नगर्नेमा प्रदेश नंं १ का दुई ओटा, प्रदेश नं २ का ३२ ओटा, वाग्मती प्रदेशमा दुई ओटा  र सुदूरपश्चिम प्रदेशको एक ओटा स्थानीय तह रहेका छन् । प्रदेश नंं १ का भोटखोला गाउँपालिका संखुवासभा र मेन्छयायेम गाउँपालिका तेह्रथुम रहेका छन् ।

 वाग्मती प्रदेशको लिखु तामाकोशी गाउँपालिका रामेछाप र आमाछोदिङमो गाउँपालिका रसुवा, सुदूरपश्चिम प्रदेशको बूढीगङ्गा नगरपालिका बाजुरा रहेका छन् । कानूनअनुसार सबै स्थानीय तहले गत असार १० गतेभित्र बजेट पारित गरेका थिए । – रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया