असार २६, २०८२ बिहिबार July 10, 2025

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः साताको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आइतबार नेप्से कारोबार १२ दशमलव ४९ अंकले बढेर १ हजार ६ ४८ दशमलव ५८ अंकमा पुगेको छ ।

‘क’ वर्गको कारोबार मापवन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ५७ अंकले बढेको छ । नेप्से परिसूचक बढेसँगै कारोबार रकममा समेत उल्लास देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार साँढे ३ अर्ब बढी रकमको कारोबार भएको छ ।

दिनभर भएका ४१ हजार ७ सय ६७ कारोबारबाट १ सय ९८ कम्पनीका १ करोड ८ लाख ६३ हजार ४ सय ५६ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ३ अर्ब ५२ करोड ६७ लाख ७७ हजार २ सय ६१ रुपैयाँ पुगेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया