असार २८, २०८२ शनिबार July 12, 2025

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४ हजार २४२ जना पुग्यो- एकैदिन १९१३ थपिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपालमा बिहीवार थप १ हजार ९१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा बिहीवारसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ४६१ जना रहेका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४ हजार २४२ जना पुगेको छ । नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या १ लाख ६४ हजार ५९२ जना पुगेको छ। मन्त्रालयका अनुसार विगत २४ घण्टामा थप १५ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ ।

योसँगै कोरोना संक्रमणबाट १ हजार १८९ जनाको मृत्यु पुष्टि भएको छ । विगत २४ घण्टामा २ हजार ३४९ जना कोरोना संक्रमणबाट मुक्त भई डिस्चार्ज भएका छन् ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा १५ लाख ८४ हजार ३१७ ओटा पीसीआर परीक्षण भएको छ। मन्त्रालयका अनुसार हाल क्वारेन्टाइनमा ९७४जना रहेका छन् भने आईसोलेशनमा ३८ हजार ४६१ जना रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया