असार २८, २०८२ शनिबार July 12, 2025

कोरोनाबाट निको हुनेको संख्या १ लाख ७३ हजार ४३० जना पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपालमा आइतवार थप १ हजार ४७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा आइतवारसम्म सक्रिय संक्रमितको संख्या ३५ हजार १२५ जना रहेका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ९ हजार ७७६ जना पुगेको छ । नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या १ लाख ७३ हजार ४३० जना पुगेको छ। मन्त्रालयका अनुसार विगत २४ घण्टामा थप ६ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ ।

योसँगै कोरोना संक्रमणबाट १ हजार २२१ जनाको मृत्यु पुष्टि भएको छ । विगत २४ घण्टामा २ हजार ७९८ जना कोरोना संक्रमणबाट मुक्त भई  डिस्चार्ज भएका छन् ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा १६लाख ९ हजार ७९ ओटा पीसीआर परीक्षण भएको छ। मन्त्रालयका अनुसार हाल क्वारेन्टाइनमा १ हजार २१ जना रहेका छन् ।  त्यसैगरी आईसोलेशनमा ३५ हजार १२५ जना रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया