असार २३, २०८२ सोमबार July 7, 2025

जयपृथ्वी नगरपालिकाका विद्यालय भोली देखि सञ्चालन हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बझाङको जयपृथ्वी नगरपालिकाका विद्यालय भोलीबाट सञ्चालन हुने भएका छन् । नगरपालिकामा जनप्रतिनिधि र प्रधानाध्यापकको गत बिहिबार मात्रै बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड लागू गरी विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।

भोली मंसिर ३ गते बुधबारदेखि पठनपाठन शुरु गर्नका लागि अभिभावकसमेतले साथ दिनुपर्ने नगर प्रमुख वीरेन्द्र खड्काले बताए ।

स्वास्थ्य सुरक्षाका मापदण्ड लागू गरेर विद्यालय चलाउनाको विकल्प नभएको नगरपालिका शिक्षा शाखा संयोजक राजेन्द्र जोशीले बताए । यसअघि बुंगल नगरपालिका तथा तलकोट, खप्तड र थलारा गाउँपालिकाका विद्यालय यही कात्तिक १५ गतेदेखि सञ्चालनमा आइसकेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया