श्रावण ३, २०८२ शनिबार July 19, 2025

चीनिया राजदूत यान्छीको गतिविधि र क्रियाकलापको आलोचना गर्छु- रामहरी खतिवडा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीलाई आफ्नो मर्यादामा बस्न चेतावनी दिएका छन् ।

राजदूत यान्छीलाई खतिवडाले कुटनैतिक मर्यादामा बसेर जिम्मेवारी बहन गर्न सुझाव दिएका हुन् । खतिवडाले एक ट्वीट गर्दै राजदूत यान्छीको गतिविधि र क्रियाकलापको आलोचना गरेका छन् ।

खतिवडाले राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाको आन्तरिक विवादमा देखाएको चासोप्रति पनि आक्रोश पोखेका छन् । नेकपाका नेता नबन्न सुझाव दिँदै उनले भण्डारीलाई मर्यादामा बस्न आग्रह गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया