काठमाण्डौंः प्रधानमन्त्री केपी शर्मा ओली इलाम र ताप्लेजुङ भ्रमणमा निस्किएका छन् ।
इलाम र ताप्लेजुङमा भइरहेका विकास निर्माणका कामको अवस्थाबारे अवलोकन गर्न प्रधानमन्त्री ओली सहितको एक दर्जन टोली आज बिहान नेपाली सेनाको हेलिकप्टरमा त्यसतर्फ प्रस्थान गरेका हुन् ।
भ्रमण टोलीमा प्रधानमन्त्री ओली, प्रदेश नं १ का मुख्य मन्त्री शेरधन राई, नेकपा संसदिय दलका उपनेता सुबास नेम्वाङ, पर्यटन मन्त्री योगेश भट्टराई, यातायात मन्त्री बसन्त नेम्वाङ, शसस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल लगायत रहेका छन् ।
टोलीले आजै ताप्लेजुङको घुम्चामा निर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन, इलाममा रहेको सशस्त्र प्रहरीको बीओपी निरीक्षण गर्ने बताईएको छ ।
यसअघि ओलीले कात्तिक २६ गते संखुवासभाको किमाथान्कामा अवलोकन भ्रमणका क्रममा गएका थिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया