असार २८, २०८२ शनिबार July 12, 2025

मंगलबार थप १ हजार ३०४ जनामा कोरोना संक्रमण- सक्रिय संक्रमितको संख्या १६ हजार ६३३ पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३०४ जना कोरोना संक्रमित थपिएका छन्।

मंगलबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार मंगलबार थप १ हजार ३०४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यो थप भएसँगै हालसम्म जम्मा कोरोना संक्रमितको संख्या २ लाख ३४ हजार ७५६ पुगेको छ। देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ६३३ रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयको विवरणअनुसार २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या २ हजार ७३ छ।

पछिल्लो २४ घण्टामा मृत्यु हुने कोरोना संक्रमितको संख्या २१ रहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया