काठमाण्डौंः नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार ६ हजार २ सय २० जनाको पीसीआर परीक्षण गर्दा सो संख्यामा संक्रमित फेला परेका हुन् ।
संक्रमित एक हजार १४ जनामध्ये ३७० जना महिला र ६४४ पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा जम्मा संक्रमितको संख्या दुई लाख ४१ हजार ९९५ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै, २४ घण्टामा थप २० जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ एक हजार ६१४ पुगेको छ ।
आज काठमाडौं उपत्यकामा आज ४४२ जना संक्रमित थपिएका छन् । जसमा १८८ महिला तथा २५४ पुरुष रहेका मन्त्रालयले जनाएको छ । देशभर सक्रिय संक्रमितको संख्या १२ हजार ९४८ जना रहेको मन्त्रालयले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया