श्रावण ३, २०८२ शनिबार July 19, 2025

सरकारकै कारण राजावादी सडकमा आए – कांग्रेस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज मंगलवार बसेको सर्वदलीय बैठकमा सरकारकै कारण सडकमा असन्तुष्टिका स्वरहरु सुनिन् थालेको बताएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्ष कांग्रेसले सरकारका गलत क्रियाकलापका कारण राजवादीहरु हौसिएको जानकारी दिएको छ ।

कांग्रेसले सरकार संविधानको मर्मअनुसार चल्न नसकेका कारण सरकारप्रति असन्तुष्टि बढेको र राजवादीहरु हौसियर सडकमा आएको जनाएको छ ।

कांग्रेस नेता प्रकाशशरण महतले सरकारप्रतिको असन्तुष्टि सडकमार्फत प्रकट भएको जनाए ‘सरकारको काम कारबाहीप्रति जनता असन्तुष्ट छन्’, नेता महतले भने, ‘त्यसैको परिणामस्वरुप अहिलेको सडक आन्दोलन भएको हो।’

सरकार सच्चिने हो भने अस्तुष्टिको हल हुने भन्दै त्यसपछि कुनै पनि प्रवृत्ति हावी नहुने उनले बताए। ‘सरकार सञ्चालन गर्नेहरुको खराबीका कारण सडकमा असन्तुसिष्ट पोखिएका हुन्, नेता महतले भने, ‘सरकार सच्चियो, लोकतान्त्रिक पद्धतिको मर्मअनुसार चल्यो भने कुनै पनि प्रवृत्ति सफल हुन सक्दैन।’

बैठकमा कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विजय गच्छदार, विमलेन्द्र निधि र सहमहामन्त्री महत सहभागी भएका थिए ।

साथै बैठकमा राप्रपाले हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्रलाई छलफलको विषय बनाउन प्रस्ताव गरेको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया