श्रावण ३, २०८२ शनिबार July 19, 2025

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रधानमन्त्री केपी शर्मा ओेली र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सभापति शेबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

शुक्रबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुटारमा प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेटवार्ता भएको हो । आजको भेटमा संवैधानिक आयोगहरुको रिक्त पदमा नियुक्ति गर्ने विषयमा छलफल भएको बताइएको छ । ओलीले आयोगहरुमा नियुक्तिका लागि देउवासँग सहयोग मागेको बताइएको छ ।

आइतबार बस्ने संवैधानिक परिषदको संवैधानिक परिषद बैठक बारेमा अनौपचारिक छलफल भएको थियो । संवैधानिक परिषदमा सहमति हुन नसक्दा अहिलेसम्म संवैधानिक आयोगहरूले पूर्णता पाउन सकेको छैनन्। विभिन्न आयोगका प्रमुख र सदस्य गरी संवैधानिक आयोगहरूमा ४५ जनाको नियुक्ति हुन बाँकी छ।

यद्यपी ओलीले पार्टीभित्रको विवाद चुलिएका बेला देउवासँग गरेको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । भेटवार्तामा प्रधानमन्त्री ओलीका तर्फबाट नेकपा संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङ र देउवाका तर्फबाट काँग्रेस केन्द्री सदस्य रमेश लेखक सहभागी थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया