असार २८, २०८२ शनिबार July 12, 2025

संवैधानिक परिषद्को बैठकमा कोरम नपुगेपछी साँझ बस्ने गरी स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः संवैधानिक परिषद्को बैठकमा कोरम नै नपुगेपछि अन्ततः स्थगित भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान १० बजे बोलाइएको बैठकमा सभामुख अग्नी प्रसाद सापकोटा अनुपस्थित भएपछि बैठक स्थगित भएको हो ।

अर्को बैठक आज साँझ ५ बजेका लागि पुनः बोलाइएको छ । प्रधानमन्त्री अ‍ोलीले सभामुख सापकोटालाई बैठकमा ल्याउनका लागि पहल गर्ने बालुवाटार स्रोतले जानकारी दियो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा अ‍ोली, प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा , राष्ट्रियसभा सदस्य गणेशप्रसाद तिमिल्सिना, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा उपस्थित थिए । ६ जना सदस्य रहेको परिषद्मा पाँच जना सदस्य अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था रहेको छ ।

परिषदमा प्रधानमन्त्री अध्यक्षसहित प्रधानन्यायाधीश, सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष र प्रतिपक्षी दलका नेता सदस्य रहने व्यवस्था छ । हाल उपसभामुखको कोटा रिक्त रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार