कठमाण्डौः प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका सेती महाकाली ब्यूरो इन्चार्ज गणेश ढकाललाई प्रहरीले कैलालीबाट पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले ‘असल’भनिने सेती महाकाली ब्यूरो इन्चार्ज ढकाललाई कैलालीको लम्कीचुहा नगरपालिकाबाट नियन्त्रणमा लिईएको बताए ।
प्रहरी नायव उपरीक्षक बिष्टका अनुसार ढकाललाई लम्कीचुहा स्थित घरबाटै पक्राउ गरिएको हो । उनलाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको र थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया