श्रावण ३, २०८२ शनिबार July 19, 2025

अध्यादेश तुरुन्त फिर्ता लिई संघीय संसदको हिउँदे अधिवेशन बोलाउन जसपाको माग (विज्ञप्ती सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जनता समाजवादी पार्टी (जसपा) ले संवैधानिक परिषदसम्वन्धी जारी अध्यादेश तत्काल फिर्ता लिन माग गरेको छ। जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले बुधबार एक विज्ञप्ति जारी गर्दै अध्यादेश तुरुन्त फिर्ता लिई संघीय संसदको हिउँदे अधिवेशन बोलाउन माग गरेका छन् ।

सरकारले मंगलबार संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधी) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश मन्त्रीपरिषदको सिफारिसमा जारी गरेको थियो।

‘अध्यादेशले सार्वभौमसत्ता सम्पन्न नेपाली जनाताको सर्वोच्न निकाय जनप्रतिनिधि संस्था संघीय व्यवस्थापिका संसदलाई नै उपेक्षा गरी विधिको शासन विपरित षड्यन्त्रपूर्वक ढंगले सर्वसत्तावादी तथा आफ्नो स्वेच्छाचारी शासन चलाउन र संवैधानिक निकायहरुलाई नियन्त्रणमा लिन संविधानको भावना र मर्ममाथि नै प्रहार गरेको छ’, विज्ञप्तिमा भनिएको छ।

सरकारको कदमले संसदीय लोकतान्त्रिक प्रणालीलाई नै चुनौती दिनुका साथै लोकतान्त्रिक गणतन्त्रलाई नै धरापमा पारेको जसपाको बुझाई छ। उसले यसलाई सरकारको गैर-लोकतान्त्रिक र स्वेच्छाचारी कदम भनेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया