श्रावण ३, २०८२ शनिबार July 19, 2025

नेपाली काँग्रेसले आकस्मिक बैठक बोलायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति समक्ष संसद विघटनको सिफारिस गर्ने निर्णय गरेपछि नेपाली कांग्रेसले अपरान्ह एक बजेआकस्मिक  बैठक बोलाएको छ।

कांग्रेस नेता अर्जुननरसिंह केसीका अनुसार सभापति शेरबहादुर देउवा निवास वुढानिलकण्ठमा दिउँसो १ बजे नेताहरु छलफलमा जुट्न लागेका हुन् ।

प्रधानमन्त्रीको कदमबारे धारणा बनाउन र भाबी रणनिती तय गर्न बैठक बस्न लागेको हो । नेकपाका नेताहरु कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बैठक बसिरहेका छन् ।

आज बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले संसद विघटनको सिफारिस गरेको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया