श्रावण ३, २०८२ शनिबार July 19, 2025

प्रधानमन्त्रीको कदम लोकतन्त्रविरोधी र निन्दनीय, तत्काल फिर्ता लिनुपर्छ: बरिष्ट नेता नेपाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले संसद विघटनको सिफारिस गर्ने  प्रधानमन्त्रीको कदम लोकतन्त्रविरोधी र निन्दनीय निर्णय भएको बताएका छन्।

‘प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गर्नु भएको निर्णय एकदमै गलत हो। यदि उहाँले यस्तो सिफारिस गर्नु भएको छ भने यसलाई फिर्ता लिनुपर्छ’, उहाँ पार्टीभित्र पनि अल्पमतमा हुनुहुन्छ । संसदमा पनि उहाँ अल्पमतमा हुनुहुन्छ ।’ नेता नेपालले  बताए ।

पार्टीकै ९० जनाको हस्ताक्षरले प्रधानमन्त्री अल्पमतमा परेको स्पष्ट भईसकेको नेता नेपालले बताए । उनले भने, ‘सिंगो संसदभित्रका प्रतिपक्षी पार्टीहरु पनि उहाँको विपक्षमा छन् ।’

‘राजनीतिकरुपमा पनि उहाँले अत्यन्तै लोकतन्त्रविरोधी कदम चाल्नुभएको ठहरिन्छ’ बरिष्ठ नेता नेपालले भने, ‘पार्टीभित्र पनि पार्टी निर्णय र पद्दतिको विरुद्धमा, कम्युनिस्ट पार्टीको मान्यताको विरुद्धमा उहाँ सर्वसत्तावादी ढंगले चल्नुभएको छ, उहाँको कदम अत्यन्तै निन्दनीय छ ।’

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया