काठमाण्डौंः प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदले आईतबार बिहान अविश्वासको प्रस्ताव दर्ता गराएको खुलाशा भएको छ ।
नेकपा नेता भीम रावल र पम्फा भुसाल लगायतले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको खुमलटार स्रोतले बताएको छ ।
यसअघि राष्ट्रपतिसमक्ष विशेष अधिवेशन आह्वान गर्दै शितलनिवाशमा दर्ता गराउन खोजेकोमा नमान्दा उक्त प्रस्तावलाई अविश्वासमा रुपान्तरण गरिएको दाहाल-नेपाल समूहको दाबी छ ।
सो प्रस्तावमा ओली सरकारकै मन्त्रीहरुले पनि प्रस्तावको पक्षमा हस्ताक्षर गरेका छन् ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन भएको औपचारिक घोषणा समेत गरिसकेकी छन् । यसलाई अधिकांशले असंवैधानिक कदम भनेका छन् । उक्त कदमको विरोधमा देशव्यापी प्रदर्शन भइरहेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया