श्रावण ३, २०८२ शनिबार July 19, 2025

संसद विघटन हुनुमा वर्तमान शासक नै जिम्मेवार रहेको समाजबादी काँग्रेसको ठहर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल समाजवादी कांग्रेसले संसद विघटन हुनुमा वर्तमान शासक नै जिम्मेवार रहेको निश्कर्ष निकालेको छ ।

प्रधानमन्त्रीको सिफारिसमा आईतबार राष्ट्रपति भण्डारीले संसद भंग गरेपछि आकस्मिक रुपमा पार्टीको केन्द्रीय कार्यालय नयाँ बानेश्वरमा बसेको बैठकमा उत्पन्न परिस्थितिलाई कसरी समाधान गर्ने भन्ने विषयमा छलफल गरिएको सचिव मानबहादुर गुरुङले बताए ।

गोविन्द निरौलाको अध्यक्षतामा उपत्यकामा उपलब्ध केन्द्रिय नेताहरुको उपस्थितिमा बसेको विशेष बैठकले अव्यवस्थित र भद्रगोल शासन सत्ता नै परिवर्तन हुनुपर्ने पार्टीको अडान कायम राख्दै आफ्ना विचार र सिद्धान्तलाई पार्टीले जनतामाझ लैजाने पनि निर्णय गरेको छ ।

वर्तमान संविधानको खारेजी गरेर नयाँ संविधानको घोषणाले कानुनी राजको सञ्चालन हुनुपर्ने सो पार्टीले अडान लिएको छ । समाजबादी पार्टीले संविधान खारेजीको माग गर्दै यस अघी विभिन्न निकायमा ज्ञापनपत्र समेत बुझाइसकेको छ ।

राजनीतिक दलका यस्ता अलोकतान्त्रिक र संविधानविरोधी गतिविधि बढ्दै गए देश विघटन हुन सक्ने खतरा भएको भन्दै समाजवादी काँग्रेसले सम्पूर्ण नेपालीहरुमा सजग र सचेत रहन हार्दिक अपिल समेत गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया