श्रावण ३, २०८२ शनिबार July 19, 2025

सानेपामा सर्वदलिय बैठक शुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पार्टी कार्यालय सानेपामा बोलाएको सर्वदलीय बैठक सुरु भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको विरोध गर्न आवश्यक रणनीति तयार गर्न शुरु भएको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै पार्टीका शिर्ष नेताहरुको साथै  नेकपा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनाल, नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ,  पूर्वमन्त्री वर्षमान पुन र नेकपा नेतृ पम्फा भुसाल सानेपा पुगेका छन्।

बैठकमा नेकपाको असन्तुष्ट पक्षसाथै नेपाली काँग्रेस र जनता समाजवादी पार्टी लगायत दलहरु सहभागी रहेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया