श्रावण ३, २०८२ शनिबार July 19, 2025

नेकपाको अध्यक्ष पदबाट ओलीलाई हटाइएको घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रधानमन्त्री केपी शर्मा ओलीलाइ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय समितिको अध्यक्षबाट हटाइएको घोषणा गरिएको छ । प्रचण्ड–माधव नेपाल समूहको बहुमत केन्द्रीय समितिको बैठकबाट ओलीलाई अध्यक्षबाट हटाइएको घोषणा गरिएको हो ।

ओलीलाई हटाउनेगरी भएको निर्णयमा ३ सय १५ जना केन्द्रीय सदस्य सहभागी रहेको बताइएको छ ।

नेकपाका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही स्वरुप अध्यक्ष पदबाट हटाइएको प्रतिक्रिया दिएका छन् ।

केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले ओली सच्चिएर आए फेरि पनि पार्टीमा स्वागत गर्न तयार रहेको बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया