श्रावण ३, २०८२ शनिबार July 19, 2025

केन्द्रको असर प्रदेशमा देखापर्यो बाग्मती प्रदेशमा ३ मन्त्रीको राजीनामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं:  प्रतिनिधीसभा विघटन गरेको अवस्थामा बागमती प्रदेश सरकारका तीन मन्त्रीले राजीनामा दिएका छन् ।

शुक्रबार आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलाल र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपालले राजीनामा दिएका हुन् ।

राजीनामा दिने मन्त्रीहरु प्रचण्ड- माधव नेपाल पक्षका रहेका छन । नेकपा विभाजनभएसँगै त्यसको असर प्रदेशमा पनि देखिन थालेको हो । यसअघि केन्द्र सरकारका ७ जना मन्त्रीले राजीनामा दिएका थिए ।

राजीनामा दिएका शुक्रबारै उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपालले प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव पनि दर्ता गराएको  जानकारी दिएका थिए  ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया