असार २८, २०८२ शनिबार July 12, 2025

साधारण शेयरमा आवेदन गर्नेको सङ्ख्यामा नयाँ रेकर्ड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: पछिल्ला दिनमा साधारण शेयरमा लगानी गर्नेको सङ्ख्या उल्लेख्यरूपमा बढेको पाइएको छ ।

वास्तविक क्षेत्रको रूपमा रहेको चन्द्रागिरि हिल्स लिमिटेडले जारी गरेको साधारण शेयरमा मात्रै मागभन्दा बढी आवेदन गर्नुका साथै आवेदनले पनि नयाँ रेकर्ड कायम राखेको बिक्री प्रबन्धकले जनाएको छ । अहिलेसम्मकै सबैभन्दा बढी आवेदन चन्द्रागिरि हिल्सको शेयरमा परेको छ ।

सो कम्पनीको साधारण शेयरमा १२ लाख ५१ हजार १० आवेदकले आवेदन गरेका छन् । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार साधारण शेयरमा कूल दुई करोड ४४ लाख ७४ हजार ५३० कित्ताको लागि आवेदन परेको छ । यस्तै कूल रु दुई अर्ब ४४ करोड ७४ लाख ५३ हजार बराबरको आवेदन परेको छ ।

कम्पनीले रु १५ करोड ३४ लाख ९ हजार १०० बराबरको कूल १५ लाख ३४ हजार ९१ कित्ता साधारण शेयर बिक्री गरेको थियो । पछिल्ला दिनमा लगातार शेयर बजार उकालो लागेर नयाँ उचाइ कायम गरेका कारण पनि लगानीकर्तामा आकर्षण देखिएको हो ।

साधारण शेयरमा लगानी गर्ने चाहना बढ्दै गएका कारण कूल १४ लाख ८० हजार ३५ जनाले मेरो शेयरको खाता खोलेका छन् । यस्तै २४ लाख २८ हजार ३३४ जनाले हितग्राही खाता खोलेका छन् । शेयर कारोवार तथा आवेदन सबै विद्युतीय प्रणालीबाट हुन थालेका कारण हितग्राही खाता बनाउनेको सङ्ख्यामा समेत उल्लेख्य वृद्धि भएको छ । (रासस)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार