असार २८, २०८२ शनिबार July 12, 2025

मन्त्रिपरिषद् विस्तारविरुद्धको रिट माघ ११ सम्म पेशी सर्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तारविरुद्धको रिट ‘हेर्दाहेर्दैमा’ राखेको जनाएको छ । मंगलबार हेर्न नभ्याइएपछि सो रिटका लागि ११ माघमा अर्को पेसी तोकिएको जनाएको हो ।

मंगलबार न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र सुष्मलता माथेमाको संयुक्त इजलासले ११ माघका लागि पेसी सारेको जनाएको हो ।

मन्त्रिपरिषद् विस्तार असंवैधानिक भएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरु लोकेन्द्रबहादुर वली, केशरजंग केसी र दिनेश लामिछानेले रिट दायर गरेका थिए।

संसद् विघटनपछि सरकार काम चलाउमा परिणत भएको रिट निवेदकको दाबी छ । आज निवेदकका तर्फबाट वरिष्ठ अभिवक्ता शम्भु थापा, डा। चन्द्रकान्त ज्ञवाली र रमण श्रेष्ठलगायतले बहस गरेका थिए ।

सर्वोच्चले २० पुसमा संसद् विघटनपछि मन्त्रिपरिषद् विस्तार गर्नुको लिखित कारण सात दिनभित्र पेस गर्न सरकारलाई आदेश दिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार