काठमाण्डौंः नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई-दुई रुपैयाँ बढाएको छ । सोमबार राति १२ बजेबाट लागू हुने गरी मूल्य वृद्धि गरेको नेपाल आयल निगमले जनाएको छ ।
यो मूल्य बृद्धीसँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १ सय १० रुपैयाँ र डिजेल तथा मट्टीतेल समान ९३ रुपैयाँ प्रतिलिटर पुगेको छ ।
आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायले पछिल्लो डेढ महिनामा इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट मूल्य अचाक्ली बढेर आएकाले यसपटक थेग्नै नसकेर मूल्य बढाउनुपरेको बताए । ‘पछिल्लो डेढ महिनामा हामीले नेपाली बजारमा इन्धन मूल्य समायोजन गरेका छैनौँ । यो अवधिमा प्रतिलिटर पेट्रोलमा ७.६१ रुपैयाँ, डिजेलमा ६.३९ रुपैयाँ, मट्टीतेलमा ६.०४ रुपैयाँ, हवाई इन्धनमा ६.९० रुपैयाँ बढेर आइसकेको छ ।
खाना पकाउने एलपी ग्यासमा १९.०६ रुपैयाँ प्रतिसिलिन्डर बढेर आएको छ,’ प्रवक्ता उपाध्यायले भने, ‘यति ठूलो मूल्यवृद्धिलाई हामीले थेगेर उपभोक्तालाई मार पर्नबाट बचायौँ । यसपटक भने बाध्य भएर बढाएका छौँ ।’ मूल्य वृद्धिपछि भने इन्धन कारोबारमा आगामी १५ दिनमा ४९.८८ करोड रुपैयाँ घाटा हुने निगमले प्रक्षेपण गरेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया