असार २८, २०८२ शनिबार July 12, 2025

मुद्दतीमा १० करोड ४८ लाख लगानी गर्दै राष्ट्र बैंक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा १० करोड ४८ लाख रुपैयाँ लगानी गर्ने भएको छ । राष्ट्र बैंकको उपदान तथा पेन्सन जस्ता विभिन्न कोषमा रहेको रकम २०७७ फागुन २ गतेदेखि २०७८ फागुन १ गते सम्म (३६५ दिन)का लागि मुद्दती निक्षेपमा लगानी गर्न लागिएको हो ।

केन्द्रीय बैंकले वाणिज्य बैंकको मुद्दती निक्षेपमा ८ करोड ३९ लाख रुपैयाँ बराबरको लगानी गर्ने भएको छ । यसैगरी विकास बैंकमा १ करोड ५७ लाख रुपैयाँ र वित्त कम्पनीहरूमा ५२ लाख रुपैयाँ लगानी गर्दै छ ।

राष्ट्र बैंकले तोकेको सीमाभित्र रही बैंकहरूले चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाई माघ २० गते दिउँसो २ बजेभित्र पेश गर्न अनुरोध गरिएको छ । उक्त मुद्दती निक्षेपलाई केन्द्रीय बैंकले त्रैमासिक रूपमा ब्याज भुक्तानी गर्नेछ । अभियान

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार