काठमाडौंः महोत्तरीको जलेश्वर नगरपालिका-१ स्थित सडकबाट ५ सय दरका २७ थान गरी जम्मा १३ हजार ५ सय नक्कली नेपाली नोट सहित २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भारत सितामढी ग्राम पंचायत नरगा लक्ष्मीपुर-२ बस्ने ३५ वर्षीय साबिर अंसारी र भारत सितामढी ग्राम पठनपुर-१४ बस्ने ४२ वर्षीय जियाउल अंसारी रहेका छन् ।
बिआर ३० भि ९५३० नम्बरको मोटरसाइकललाई २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र अस्थायी प्रहरी पोष्ट नगरपालिकाबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त नोट सहित फेला पारी पक्राउ गेको हो ।
साथै उनीहरुको साथबाट नेपाली नगद १६ हजार रुपैयाँ र २ थान मोबाइल समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया