काठमाडौंः नेपाल आयल निगमले एक सातामै दुई पटक पेट्रोलियम पदार्थको भाउ बढाएको छ । मंगलबार राति १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल, मट्टितेल आन्तरिक हवाई इन्धनको भाउ लिटरमा दुई रुपैयाँले बढाइएको निगमले जनाएको छ ।
बढेको मूल्यपछि काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर ११४, डिजेल तथा मट्टितेलको ९७ र हवाई इन्धनको भाउ ६७ रुपैयाँ कायम भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको कच्चा चलेको भाउ बढेर घाटा चुलिएकाले मूल्य समायोजन गर्नु निगमले दाबी गरेको छ । यसअघि निगमले माघ २८ गते बुधवार पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासमा मूल्यवृद्धि गरेको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया