असार २८, २०८२ शनिबार July 12, 2025

ग्रीनलाइफ हाइड्रोको शेयर बाँडफाँड – ३ लाख २५ हजार १६५ जनाले बाजी मारे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः ग्रीनलाइफ हाइड्रोपावरको आईपीओ शुक्रवार बाँडफाँट गरिएको छ । शुक्रबार बिहान ९ बजे विक्री प्रबन्धक बिओके क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो । योग्य आवेदकमध्ये ३ लाख २५ हजार १६५ जनाले उक्त कम्पनीको शेयर पार्न सफल भएका छन् ।

पहिलो चरणमा शेयर भर्ने सबै आवेदकलाई १० कित्ताका दरले ३ लाख २५ हजार १६५ जनालाई बाँडफाँट गरी बाँकी रहेको २ कित्ता शेयर २ जनाले एक/एक कित्ताका दरले बाँडफाँट गरिएको छ ।

यस कम्पनीको आईपीओमा १३ लाख २२ हजार ९७१ जनाको २ करोड २६ लाख ९१ हजार ४९० कित्ताका लागि आवेदन परेको विक्री प्रबन्धकको भनाइ छ । जुन मागभन्दा करिब ७ गुणा बढी थियो । कम्पनीले माघ २३ गतेदेखि सर्बसाधारणको लागि ३२ लाख ५१ हजार ६५२ कित्ता शेयर सार्वजनिक निष्कासन गरेको थियोे ।

कम्पनीले यसअघि आयोजना प्रभावित स्थानियलाई आईपीओ विक्री खुला गर्दा वितरण हुन नसकेको १६ लाख ८६ हजार ४०० कित्ता शेयर समेत जोडेर ३४ लाख ९६ हजार ४०० कित्ता शेयर सर्वसाधारणमा बाँडफाँट गरेको हो ।

कुल कित्तामध्ये १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानीकोषको लागि र ६९ हजार ९२८ कित्ता शेयर कम्पनीका कर्मचारीमा बाँडफाँट गरी बाँकी शेयर सार्वजनिक निष्कासनमार्फत विक्री गरेको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया