असार २८, २०८२ शनिबार July 12, 2025

भारतबाट मौरीको घार र गोला ल्याउन लागेको भन्दै व्यवसायीको विरोध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भारतबाट मौरीको घार र गोला ल्याउन लागेको भन्दै कृषक एवं व्यवसायीले विरोध जनाएका छन् । यसबाट यहाँको उत्पादन र उद्योग प्रभावित हुने उनीहरुको भनाइ छ ।

नेपाल मौरीपालक महासङ्घ केन्द्रीय समिति, नेपाल मौरीपालन केन्द्रीय सहकारी सङ्घ र नेपाल केन्द्रीय मह व्यवसायी सङ्घले कृषि तथा पशुपक्षीमन्त्रीलाई ज्ञापनपत्र पठाउँदै घार र गोला ल्याउन नदिन अनुरोध गरेका छन् । ती संस्थामध्ये एउटाको केन्द्रीय कार्यालय चितवन रहेको छ भने दुईवटाको काठमाडौँमा रहेको छ । नेपाल मौरीपालक महासङ्घका केन्द्रीय अध्यक्ष शिवप्रसाद शर्माले बुधबार ज्ञापनपत्र इमेलमार्फत पठाइएको र आज प्रत्यक्षरूपमा बुझाइने बताउनुभयो ।

ती संस्थाले मन्त्रालयका दुवै जना सचिव, कृषि विभाग हरिहर भवन, पशु सेवा विभाग पशु क्वारेन्टिन महाशाखा हरिहर भवन र व्यावसायिक कीट विकास केन्द्रलाई बोधार्थ दिँदै ज्ञापनपत्र बुझाएका हुन् । उनीहरुले मौरीको घार र गोला ल्याउन रोक लगाउनुको कारणसहित ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापनपत्रमा भारतका मौरीमा प्रशस्त कास्मिरी सुलसुले अर्थात माइटजस्ता परजीवी रोग लागेर त्यहाँ दुःख दिइरहेको भन्दै नेपालमा भित्रिएमा रोग फैलने उल्लेख छ । त्यहाँबाट ल्याउँदा ती रोग आउन सक्ने भन्दै भारतको मौरीमा युरोपीयन फाउल ब्रुडसमेत देखिएको जनाइएको छ ।

यो रोग युरोपमा निकै फैलिएको र लाखौँ मौरीगोला नष्ट गरिएको ज्ञापनपत्रमा जनाइएको छ । यस रोगको निवारणका लागि सल्फरले उपचार गर्नुपर्ने र यसरी उपचार गरी उत्पादन गरिएका मह विकसित देशले प्रतिबन्ध लगाएकाले मौरीजन्य सामग्री ल्याउँदा त्यो पनि सँगै आउने विज्ञप्तिमा उल्लेख छ । नेपालमा अहिलेसम्म यस्तो औषधिको प्रयोग नगरिएको जानकारी दिँदै विज्ञप्तिमा भनिएको छ “यस विषादीले मौरीका बच्चा र लार्भा कुहाउँछ ।”

भारतबाट ल्याइएको मौरीको घार र फ्रेममा प्रयोग गरिएको एन्टिबायटिक सल्फर मौरीको घार, गोला ल्याउँदा नेपाल भित्रिने र व्यवसाय धराशायी बन्ने जनाइएको छ । भारतबाट आउने उपजाति फरक प्रकारको भएकाले नेपालका मौरीको वंश संरक्षणमा के कस्तो असर गर्छ भन्ने विषयमा अध्ययन भएपछि र विज्ञ र एशोसिएशनले सहमति दिएपछि मात्र नेपाल भित्र्याउनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

भारतबाट १० हजार गोला मौरी ल्याउन मन्त्रालयमा निवेदन परेपछि रोक्नुपर्ने मागसहित ती सङ्घ संस्थाले ज्ञापनपत्र बुझाएका हुन् । नेपालमा विसं २०५० बाट व्यावसायिक मौरीपालन शुरु गरिएको हो । हाल एक लाख ७० हजार मौरीघारबाट वार्षिक ४५ हजार मेट्रिक टन मह उत्पादन हुँदै आएको महासङ्घले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार