असार २८, २०८२ शनिबार July 12, 2025

राष्ट्र बैङ्कले विद्युतीय कारोबारको सीमा दोब्बर बढायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल राष्ट्र बैङ्कले विद्युतीय कारोबारको सीमा दोब्बरले बढाएको छ । राष्ट्र बैङ्कले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन २०७७ मा संशोधन गर्दै दोब्बर सीमा निर्धारण गरेको हो ।

अब मोबाइल बैङ्किङ मार्फत दैनिक २ लाख रुपैयाँसम्म कारोबार गर्न सकिनेछ । यसअघि यो सीमा प्रतिदिन १ लाख रुपैयाँ थियो ।

यसैगरी, केन्द्रीय बैङ्कले इन्टरनेट बैङ्किङ (मर्चेन्ट पेमेन्ट) मार्फत र इन्टरनेट बैङ्किङ (एकाउन्ट ट्रान्सफर) मार्फत २० लाख दैनिक कारोबार गर्न मिल्ने बनाएको जनाएको छ । यसअघि यी दुवै कारोबार सीमा पनि १० लाख रुपैयाँ थियो ।

उक्त सीमा कुनै व्यक्तिको नाममा बैक तथा वित्तीय संस्थामा रहेको एउटा खाताबाट सोही व्यक्तिको नाममा पैसा पटाउँदा भने लागू नहुने राष्ट्र बैङ्कले जनाएको छ । साथै, सरकारी कार्यालयमा भुक्तानी गर्नुपर्ने कर, राजस्व, जरिवाना, सवारी दस्तुर, विद्युत् सेवा, दूरसञ्चार सेवा, बिमा प्रिमियम लगायतमा पनि लागू हुने छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार