असार २८, २०८२ शनिबार July 12, 2025

पर्यटकका लागि नेपाल सुरक्षित र शान्तः मन्त्री ढकाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले नेपाल पर्यटनका लागि सुरक्षित र शान्त गन्तव्यका रुपमा स्थापित भएको बताउनुभएको छ ।

प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको ४४औँ वार्षिक साधारण सभामा मन्त्री ढकालले कोभिड–१९ विरुद्धको खोप वितरण अभियान सफल रुपमा सञ्चालन गरेको र विद्रोही समूहलाई राष्ट्रिय राजनीतिको मूलधारमा समाहित गर्न सरकार सफल भएकाले यस उपलब्धिबाट पर्यटन क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गरेको बताउनुभयो । उहाँले सरकारले नेत्रविक्रम चन्द्र नेतृत्वको नेकपा सिके राउत र विप्लव समूहलाई शान्तिपूर्ण राजनीतिमा रूपान्तरण गरेको उपलब्धिले आगामी दिनमा पर्यटनले फड्को मार्ने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री ढकालले पर्यटन क्षेत्रको विविधीकरण र अन्तर्राष्ट्रिय बजारीकरणका लागि रणनीतिक योजना ल्याउन पाटा नेपाललाई आग्रह गर्दै यसका लागि मन्त्रालय हातेमालो गरेर अघि बढ्न तयार रहेको बताउनुभयो ।

‘बिबिसी मास्टर सेफ द प्रोफेसनल्स २०२०’ उपाधिका उपविजेता नेपालका सेफ सन्तोष साहले कोभिड–१९ पछि नेपाललाई संस्कृति र खानाको आकर्षक गन्तव्यका रुपमा पहिचान स्थापित गराउन सरकार र निजी क्षेत्रको साझेदारीमा पहलकदमी लिनुपर्ने खाँचो औँल्याउनुभयो । उहाँले खाद्य स्वच्छता एवं गुणस्तरीय आवास सुनिश्चितता गर्न अनुरोध गर्नुभयो ।

कार्यक्रममा मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले पाटा नेपालले आगामी दिनमा आयोजना गर्ने पर्यटन पुनरुत्थान, प्रवर्द्धन र दिगो पर्यटन विकासका कार्यक्रममा मन्त्रालयको आवश्यक साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीले बोर्ड निजी क्षेत्रसँग सहकार्य गर्दै पर्यटन पुनरुत्थान, प्रवर्द्धन र विकासका लागि सदैव प्रतिबद्ध रहेको बताउनुभयो ।

पाटा नेपालको साधारण सभाले आगामी पर्यटन प्रवर्द्धनको रणनीति र विदेशी पर्यटक आगमन सहजताका लागि गर्नुपर्ने विभिन्न १० विषयमा सरोकारवालाको ध्यानाकर्षण गराएको छ ।

कार्यक्रममा संस्थाका अध्यक्ष विभूति चन्द ठाकुरले पर्यटन पुनरुत्थानका लागि अनिवार्य क्वारेनटिनको व्यवस्था हटाउने, अनअराइभल भिसा तथा पिसिआर परीक्षणको व्यवस्था मिलाउनेलगायत महत्त्वपूर्ण १० वटा विषय प्रस्तुत गर्नुभएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार