असार २१, २०८२ शनिबार July 5, 2025

निजी मेडिकल कलेजलाई सरकारको १५ दिने अल्टिमेटम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सरकारले विद्यार्थीहरुबाट लिइएको अतिरिक्त शुल्क फिर्ता लिन निजी मेडिकल कलेजहरुलाई १५ दिने अल्टिमेटम दिएको छ । नभए ठगीको मुद्दा चलाउन बाध्य हुने शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बताएका छन ।

सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा शिक्षामन्त्री पोखरेलले आफ्ना विद्यार्थीहरुको माग सम्बोधन गर्न निजी मेडिकल कलेजहरुलाई आग्रह गरेका छन । चिकित्सा शिक्षा ऐन कार्यान्वयन र मन्त्रिपरिषदका निर्णय कार्यान्वयन गर्न अन्तिम पटक आग्रह गरिएको भन्दै उनले भने, ‘उहाँहरुले मिलाउनु भएन भने विद्यार्थी र अभिभावकका निवेदनहरु कार्यान्वयनको प्रक्रियामा जान्छ ।’

१५ दिनभित्र विद्यार्थीहरुका गुनासा सम्बोधन नभए ठगी मुद्दा चलाउन आग्रह गर्दै गृह मन्त्रालयलाई सोमबार नै पत्र लेख्ने शिक्षा मन्त्रालयको तयारी छ ।

तालाचाबी बुझाइदिन्छौं भनेको भरमा निजी मेडिकल कलेजहरु उम्कन नपाउने मन्त्री पोखरेलले बताएका छन । उनले भने, ‘कानून सबैका लागि लागू हुन्छ ।’

गुपचुप रुपमा सर्तहरु स्वीकार नगर्न विद्यार्थीहरुलाई आग्रह

मेडिकल कलेजहरुले अहिले विद्यार्थीहरुको माग सम्बोधन गरेर पठनपाठन सहज रुपमा हुने वातावरण बनाए शुल्क र संरचनाबारे नयाँ ढंगले बहस गर्न शिक्षा मन्त्रालय र चिकित्सा शिक्षा आयोग सकारात्मक रहेको उनले बताएका छन ।

उनले अभिभावक र विद्यार्थीहरुलाई पनि गुपचुप रुपमा असमान सर्तहरु स्वीकार नगर्न आग्रहसमेत गरेका छन । ‘पहिले आफू सुरक्षित हुन जस्तोसुकै शर्तहरु स्वीकार गर्ने र अहिले सरकारको निर्णय लागू भएन भन्नु भएन’, उनले भने ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार