काठमाण्डौंः स्थानीय बजारमा आज सुनको मूल्य पुनः बढेको छ। तोलामा ८५ हजार ६सय रुपैयाँमा मङ्गलबार कारोवार भएको छापावाला सुन आज भने तोलामा ८६ हजार २ सय रुपैयाँ मूल्य निर्धारण भएको छ।
यस्तै तेजाबी सुन मङ्गलबार तोलामा ६५ हजार १ सय ५० मा कारोवार भएकामा आजका लागि भने ८५ हजार ७ सय ५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
यसैगरी चाँदीको मूल्य पनि आज तोलामा १५ रुपैयाँले बढेको छ। एक हजार २ सय५५ रुपैयाँमा मङ्गलबार कारोवार भएको चाँदी आज भने तोलामा एक हजार २ सय७० मूल्य निर्धारण भएको छ। रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया