असार २८, २०८२ शनिबार July 12, 2025

सिंगटी हाइड्रोको २९ लाख कित्ता शेयर आगामी चैत ६ गतेदेखि आँउदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सिंगटी हाइड्रो इनर्जीले आगामी चैत ६ गतेदेखि सर्वसाधारणलाई साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनिले प्रतिकित्ता १०० रुपैयाँका दरले २९ करोड रुपैयाँको २९ लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

जसमा ५८ हजार कित्ता सेयर कर्मचारी र १ लाख ४५ हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याईएको छ । बाँकि रहेको २६ लाख ९७ हजार कित्तामा सर्वसाधरण लगानिकर्ताले आवेदन दिन पाउनेछन् ।

आईपीओमा ६ गतेदेखि चैत १० गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा माग अनुसार आवेदन नपरेमा र चैत २० गतेसम्म दिन सकिनेछ ।

न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन पाइनेछ । आवेदन सि-आस्वा सदस्य रहेका बैक तथा वित्तिय संस्था र मेरो सेयरबाट पनि दिन सकिनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया