वैशाख २५, २०८१ मंगलबार May 7, 2024

केसीलाई लिन डडेल्धुरा पुगेको हेलिकप्टर रित्तै फर्कियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । डडेल्धुरामा अनसन बसेका डा. गोविन्द केसीले काठमाडौं आउन अस्वीकार गरेपछि उनलाई लिन गएको नेपाली सेनाको हेलिकप्टर फिर्ता भएको छ ।

प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले केसीलाई काठमाडौं पठाउन सोमबार विहान गृह मन्त्रालयसँग हेलिकप्टर माग गरेपछि नेपाली सेनाको हेलिकप्टर डडेल्धुरा पुगेको थियो ।

तर डा. केसीले काठमाडौं जान अस्वीकार गरेपछि फेरि मन्त्रालयलाई अनुरोध गरेर हेलिकप्टर फिर्ता गराएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताएका छन ।

‘डा. केसीको स्वास्थ्य अवस्था नाजुग भएको र मेडिकल सुपरिटेण्डेन्टले पनि सुविधासम्पन्न अस्पतालमा लैजानुपर्ने भनिसकेपछि हेलिकप्टर मगाएको हो’ उनले भने ‘तर उहाँले काठमाडौं जान मान्नुभएन, सहयोगीहरुले पनि उहाँको इच्छाविपरीत केही गर्न नसक्ने बताएपछि किन कन्फ्रन्टेसन निम्त्याउने भनेर हेलिकप्टर फिर्ता पठाइएको छ ।’

केसीलाई लिन सेनाको हेलिकप्टर पुगेपछि सोमबार विहान डडेल्धुरामा डा. केसीका समर्थक र प्रहरीबीच तनाव अवस्था सिर्जना भएको थियो । लगत्तै प्रमुख जिल्ला अधिकारी पौडेलले डा. केसीका समर्थक तथा नागरिक समाजसँग सर्वपक्षीय बैठक राखेका थिए ।

बैठकमा डा. केसीका समर्थकले उनको सहमतिविपरीत कुनै निर्णय गर्न नसक्ने बताएका थिए । डाक्टर केसीले माग पूरा गर्नासाथ अनशन तोड्छु भन्दै अडान राखेपछि हेलिकप्टर फिर्ता भएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपाले सहकारी प्रकरणमा संसदीय छानबिन समिति अस्वीकार गर्ने
२०८१ वैशाख २६, बुधबार
मन्त्री हेरफेरको गृहकार्यमा प्रधानमन्त्री प्रचण्ड
२०८१ वैशाख २६, बुधबार
त्रिवि पत्रकारिता विभागको प्रमुखमा प्रा. पोखरेल नियुक्त
२०८१ वैशाख २६, बुधबार
विद्यार्थीको मनोबल उच्च राख्न प्रतिबद्ध छौँ : शिक्षामन्त्री श्रेष्ठ
२०८१ वैशाख २५, मंगलबार
बिदा लिएर निजीमा काम नगर्न सरकारी स्वास्थ्यकर्मी र कर्मचारीलाई मन्त्रालयको निर्देशन
२०८१ वैशाख २५, मंगलबार
हमासद्धारा युद्धविरामसम्बन्धी सम्झाैताकाे प्रस्ताव स्वीकार
२०८१ वैशाख २५, मंगलबार
संसद्लाई समस्या समाधानको थलो बनाऔं : सभामुख घिमिरे
२०८१ वैशाख २५, मंगलबार