असार २८, २०८२ शनिबार July 12, 2025

ग्रीन लाइफ हाइड्रोको शेयर नेप्सेमा सूचीकृत, भोलीबाट कारोबारमा आउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः ग्रीन लाइफ हाइड्रोपावर कम्पनीको साधारण शेयर सोमवार आज नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीको १ करोड ८० लाख कित्ता शेयर सूचीकृत भएको हो । यो कम्पनीको शेयर दोस्रो बजारमा भोली मंगलवारदेखि कारोबारमा आउने बताईएको छ । पहिलो कारोबारको लागि नेप्सेले रू. ९९ दशमलव ६७ देखि २९९ दशमलव शून्य १ सम्म मूल्य रेञ्ज तोकेको छ ।

नेप्से पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपन रेञ्ज तोक्ने गर्दछ ।

कम्पनीले माघ २३ गतेदेखि २७ गतेसम्म ३४ लाख ९६ हजार ४०० कित्ता आईपीओ निष्कासन गरेको थियो । गोलाप्रथाबाट ३ लाख ५१ हजार ६५२ जनाले १० कित्ता पाएका थिए भने २ जनाले थप ११ कित्ताका दरले ११ कित्ता शेयर पाएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया