असार २८, २०८२ शनिबार July 12, 2025

छापावाला सुन प्रतितोला रू. ८६ हजार ६०० मा कारोबार, चाँदीमा ५ रुपैया बढ्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 काठमाडौंः नेपाली बजारमा सोमवार सुनको मूल्य स्थिर रहेको छ । स्थानिय बजारमा सोमवार सुनको भाउ हिजो आइतवारको मूल्यमा नै खरीदविक्री भइरहेको सुनचाँदी व्यबसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार सोमवार छापावाला सुन प्रतितोला रू. ८६ हजार ६०० मा कारोबार भएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ८६ हजार १५० मा कारोबार भएको छ । आइतवार तेजाबी सुन सोही मूल्यमा कारोबार भएको थियो ।

यस्तै, सोमवार चाँदीको मूल्यमा भने सामान्य वृद्धि भएको छ । आइतवार प्रतितोला रू. एक हजार २७० मा कारोबार भएको चाँदी सोमवार रू. १ हजार २७५ मा खरीदविक्री भइरहेको छ । आइतवारको तुलनामा सोमवार चाँदी रू. ५ ले बढेको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया