असार २८, २०८२ शनिबार July 12, 2025

राष्ट्रिय बीमा कम्पनीको शेयर कारोबार फुकुवा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: राष्ट्रिय बीमा कम्पनी लिमिटेडको शेयर कारोबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले फुकुवा गरेको छ।

वार्षिक प्रतिवेदन र वित्तीय विवरणहरू नपठाएको भन्दै नेप्सेले गत माघ १८ गतेदेखि रोक्का गरिएको कम्पनीको शेयर कारोबार आज सोमबारबाट  फुकुवा गरिएको जनाएको हो ।

नेप्सेले दिएको जानकारी अनुसार कम्पनीले नेप्सेमा स्पष्टिकरणसहित कम्पनीको विवरण बुझाएको छ। साथै, कम्पनीले आगामी दिनहरूमा त्यस प्रकारका विवरणहरु माग भए बमोजिम नै पठाउने प्रतिवद्धतासमेत जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया