असार २८, २०८२ शनिबार July 12, 2025

ज्योति लाईफ इन्स्योरेन्सको आईपिओ अर्को साता बाँडफाँट हुने पक्का

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः ज्योति लाईफ इन्स्योरेन्सको आईपीओ अर्को साता बाँडफाँट हुने भएको छ ।

विक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार आवेदकको तथ्याङ्क रुजु गर्ने काम नसकिएकाले आगामी सातामात्र बाँडफाँट हुने भएको हो । पछिल्लो समय आईपीओ सार्वजनिक निष्कासन र बाँडफाँटका लागि शुक्रवारको दिनलाईनै उपयुक्त मानिएपनि विक्री आगामी साता शुक्रवार कम्पनीको आईपीओ बाँडफाँट हुने सम्भावना बढेर गएको हो ।

यस विषयमा त्यस अघिनै तथ्याङ्क रुजुको काम सम्पन्न भई सिडिएससीले बाँडफाँटको लागि बातावारण तयार गरेमा शुक्रवारभन्दा अघिनै गर्न सकिने क्यापिटलको दाबी छ । यसै साताको शुक्रवार भने बाँडफाँट असम्भव रहेको क्यापिटलले जानकारी दिएको छ ।

उक्त कम्पनीले फागुन २१ गतेदेखि २६ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरेको थियो । अन्तिम दिन साँझ ५ बजेसम्ममा १८ लाख ३२ हजार ९५८ जनाको आवेदन दिएको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जानकारी दिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया