काठमाण्डौंः बुधबार नेपाली बजारमा सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले बढेको छ ।
मंगलबार छापावाला सुन प्रतितोला ८६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने आज प्रतितोला ८६ हजार ९ सयमा कारोबार भईरहेको छ । त्यसैगरी तेवाजी सुन प्रतितोला ८६ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला चाँदी १ हजार २ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया