काठमाडौंः नेपाल स्टक एक्सचेन्जले नेपाल इन्फ्रास्टक्ट्रचर बैंक (निफ्रा) लाई लण्डन स्टक एक्सचेन्जमा बण्ड जारी गर्ने विषयमा स्पष्टीकरण माग गरेको छ ।
नेप्सेले रणनीतिक साझेदार भित्र्याउने विषयमा कोसँग के कस्तो छलफल भएको, इन्सुरेन्स कम्पनीहरुले खरिद गर्ने भनिएको इन्सुरेन्स बन्ड, कम्पनीको नाफाबाट १०% लाभांश वितरण गर्ने जस्ता धितोपत्र मूल्यमा प्रभाव पर्ने सम्वेदनशील सूचना प्रचार गर्नुको कारण निफ्रालाई तीन दिनभित्र लिखित जवाफ पेश गर्न पत्राचार गरिएको छ ।
यसैगरी आगामी वर्ष १० प्रतिशत लाभांश दिने भन्दै भएको प्रचारबारे पनि नेप्सेले स्पष्टीकरण सोधेको छ।
यस्ता सूचनाहरुले कम्पनीको सेयर मूल्यमा प्रभाव पार्छ । सेयर मूल्यमा प्रभाव पार्नसक्ने निर्णय गरे त्यसको २४ घण्टाभित्रै नेप्सेलाई जानकारी दिनुपर्ने व्यवस्था छ । तर सम्बन्धित निकायभन्दा बाहिरबाट यस्तो विषय बाहिर आएको भन्दै नेप्सेले स्पष्टीकरण सोधेको हो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया