असार २८, २०८२ शनिबार July 12, 2025

सुनको मुल्य ह्वात्तै बढ्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाली बजारमा बिहीवार पनि सुनको मूल्य उकालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाला सुनको मूल्य प्रतितोला रू. ८६ हजार ९०० मा कारोबार भएको थियो । बिहीवार छापावाला सुन प्रतितोला रू. ८७ हजार २०० मा कारोबार भएको छ ।

तेजाबी सुन प्रतितोला रू. ८६ हजार ७५० मा कारोबार भएको छ । बुधवार तेजाबी सुन प्रतितोला रू. ८६ हजार ४५० मा कारोबार भएको थियो ।

चाँदी रू. २० ले बढेको हो । बुधवार प्रतितोला रू. एक हजार २७० मा कारोबार भएको चाँदी बिहीवार प्रतितोला रू. एक हजार २९० खरीदविक्री भइरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया