असार २८, २०८२ शनिबार July 12, 2025

सिंगटी हाइड्रो इनर्जीको आईपीओ आजदेखि खुल्यो – छिटोमा चैत १० गते बन्द हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आज (शुक्रवार) देखि २९ लाख कित्ता आईपीओ सर्वसाधारको लागी निष्कासन खुला गर्ने भएको छ ।

सार्वजनिक कित्तामध्ये ५८ हजार कित्ता कर्मचारीको लागि, १ लाख ४५ हजार कित्ता सामूहिक लगानी कोषको लागि र बाँकी रहेको २६ लाख ९७ हजार कित्ताका लागि  सर्वसाधारणले आवेदन गर्न सक्ने कम्पनीले जनाएको छ ।

आईपीओ निष्कासन बन्द मिति छिटोमा चैत १० र उक्त समयमा विक्री नभएमा चैत २० गतेसम्म लगानीकर्ताले आवेदन गर्न सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया