काठमाडौं: सिंगटी हाइड्रो इनर्जी लिमिटेडको सर्वसाधारणका लागि जारी प्राथमिक शेयर (आईपीओ)मा १ करोड ९० लाख ७९ हजार ७३० कित्ता खरिदको लागि आवेदन परेको छ।
बिक्री प्रबन्धक मेगा क्यापिटलका अनुसार सोमबार साँझ ५ बजेसम्ममा १२ लाख २५ हजार २६८ जना आवेदकबाट १ करोड ९० लाख ७९ हजार ७३० कित्ता शेयर खरिदको लागि आवेदन परेको हाे।
कम्पनीले गत शुक्रबारबाट सर्वसाधारणको लागि कुल २६ लाख ४० हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो। यसैलाई आधार मान्दा चार दिनमा ७ गुणा भन्दा धेरै आवेदन परेका छ ।
लगानीकर्ताले चैत १० गते (भाेलि) सम्ममा आईपीओका लागि आवेदन लागि दिन सक्नेछन्। लगानीकर्ताले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा सम्पुर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर वेब तथा एपबाट न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया