असार २८, २०८२ शनिबार July 12, 2025

सिंगटी हाइड्रोको आईपीओमा आवेदन दिन अब केही घण्टामात्र बाँकी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सिंगटी हाइड्रो इनर्जीको आईपीओमा आवेदन दिने आज (मंगलवार) अन्तिम दिन रहेको छ । कम्पनीले माग गरेभन्दा बढी शेयर खरीदका लागि आवेदन परेकाले छिटो अवधिमै आवेदन लिने कार्य बन्द गरेको जानकारी दिएको छ ।

कम्पनीको आईपीओमा सोमवार साँझसम्म १२ लाख ४४ हजार १२८ जनाले आवेदन दिएका छन् । यी आवेदकहरुबाट १ करोड ९३ लाख ७१ हजार १०० कित्ता शेयर खरीदको माग भएको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जानकारी दिएको छ ।

कम्पनीले सर्वसाधारणका लागि चैत ६ गते शुक्रवारदेखि २६ लाख ९७ हजार कित्ता शेयर सार्वजनिक निष्कासमा ल्याएको हो ।

सर्वसाधारणका लागि छुट्याएको कुल २९ लाख कित्ता आईपीओमध्ये ५८ हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि र १ लाख ४५ हजार सामूहिक लगानीकोषको लागि बाँडफाँट गरी बाँकी शेयर सार्वजनिक निष्कासनमा ल्याएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया