काठमाण्डौंः नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेको छ ।
सोमबार तोलामा ८६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार घटेर तोलामा ८६ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुन तोलामा ८५ हजार ५५० रुपैयाँमा कारोबार भएको छ ।
यसैगरी, मंगलबार चाँदीको मूल्य १० रुपैयाँले घटेको छ । सोमबार चाँदी तोलामा १२ सय २५ रुपैयाँमा कारोबार भएको थियो । आज तोलामा १२ सय १५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया