असार २८, २०८२ शनिबार July 12, 2025

उद्योग वाणिज्य महासंघ र कर्णाली प्रदेश सरकारले कर्णालीमा संयुक्त रुपमा लगानी सम्मेलन आयोजना गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल उद्योग वाणिज्य महासंघ र कर्णाली प्रदेश सरकारले कर्णालीमा संयुक्त रुपमा लगानी सम्मेलन आयोजना गर्ने भएका छन् ।

महासंघका अध्यक्ष शेखर गोल्छा सहित महासंघका पदाधिकारीहरू र कर्णाली योजना आयोगका उपाध्यक्ष डा सर्व राज खड्का, सदस्य डा दिपेन्द्र रोकाय र सदस्य योगेन्द्र बहादुर शाही समेतको प्रतिनिधिमण्डल बीच शुक्रवार महासंघ सचिवालयमा भएको भेटवार्तामा संयुक्त रुपमा सम्मेलन आयोजना गर्ने सहमति भएको हो ।

सो अवसरमा महासंघका अध्यक्ष गोल्छाले कर्णालीमा लगानीको पर्याप्त सम्भावना रहेको बताउँदै सरकारले त्यसको लागि सहजीकरण गरिदिनुपर्ने बताए । लगानीकर्ताहरूले कृषि, पर्यटन, जडीबुटी, जलविद्युत् लगायतका क्षेत्रमा लगानी गर्ने समेत अध्यक्ष गोल्छाले बताए । उनले लगानीकर्ताहरुसँग महासंघले सहजीकरण गर्ने पनि बताए ।

कर्णाली योजना आयोगका उपाध्यक्ष डा. खड्काले कर्णालीको विकासका लागि लगानी सम्मेलनको खाँचो भएकाले सम्मेलनको अवधारणा अगाडी बढाएको बताए ।

उनले योजना आयोग र महासंघको संयुक्त पहल एवं लगानीमा सम्मेलन गर्दा प्रभावकारी हुने विश्वास व्यक्त गरे । साथै  उनले कर्णाली प्रदेशमा परियोजना बैंक बनाएर लगानीको वातावरण सृजना गर्ने समेत बताए । अभियान

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया